दोस्रो वरियताका प्रकाश अर्याल प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको तयारी

काठमाडौ २३ चैत्र, लामो समयदेखि प्रहरी महानिरीक्षक बढुवा विवादमा दोस्रो बरियताका प्रकाश अर्याललाई बढुवा गर्ने तयारि गरेको छ । ज्येष्ठता र वरिष्ठताका आधारमा पहिलो वरियताका डिआईजी नवराज सिलवाललाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सर्वोच्च अदालतले दिएको आदेशविपरीत सरकारले दोश्रो वरियताका प्रकाश अर्याललाई बढुवाको तयारी गरेको छ ।

उपप्रधानमन्त्रीद्वय कमल थापा र विमलेन्द्र निधिबीच प्रधानमन्त्रीपछि को वरिष्ठ भन्ने विवादका कारण लामो समयदेखि बस्न नसकेको मन्त्रिपरिषद बैठक बिहीबारका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री विमलेन्द्र निधिलाई अर्यालको नाम प्रस्ताव गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको बालुवाटार स्रोतले बतायो । सरकारले १ फागुनमा वरिष्ठता मिचेर पहिलो र दोश्रो वरियताका क्रमसः सिलवाल र अर्याललाई पाखा लगाउँदै तेश्रो वरियताका जयबहादुर चन्दलाई महानिरीक्षकमा बढुवाको निर्णय गरेको थियो । अधिवक्ता कपिलदेव ढकाल र डिआईजी सिलवालले चन्दको बढुवाविरुद्ध दिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त नियुक्ति बदर गरेको थियो ।

उक्त निर्णय बदर भएसँगै पहिलो वरियताका सिलवाललाई बढुवा गर्नसमेत सरकारका नाममा परमादेश दिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमणमा जानुअघि सर्वोच्चको आदेशअनुसार सिलवाललाई नै बढुवा गर्ने मनस्थितिमा थिए । तर, प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको चर्को दबाबका कारण प्रधानमन्त्री पछि हटेका हुन्  ।

देउवा अहिले पनि सिलवालको पक्षमा सकारात्मक छैनन् । देउवाले भरसक पुनः चन्दलाई नै बढुवा गर्न र नभए प्रकाश अर्याल वा चौथो वरियताका बमबहादुर भण्डारीलाई बढुवा गर्न प्रधानमन्त्रीलाई दबाब दिँदै आएका छन् । पछिल्लो समय प्रधानमन्त्रीसमेत सिलवालको विपक्षमा देखिएका छन् । आफ्नो अध्यक्षताको मन्त्रिपरिषदले गरेको निर्णयविरुद्ध अदालत गएको भन्दै प्रचण्ड सिलवालसँग रुष्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *