दाङमा समाजवादी,नयाँ शक्ती र मधेसी जनअधिकार फोरमको चुनावी गठबन्धन

घोराही,१० असार- असार १४ गते हुने दोस्रो चरणको स्थानिय निर्वाचनमा दाङको लमही नगरपालिकामा नयाँ शक्ति पार्टी, संघीय समाजवादी फोरम र मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) गरि तीन दलको संयुक्त गठबन्धन निर्माण गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

संयुक्त गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा प्रकाश कुमार चौधरी एवं उपप्रमुख पदमा खेमलाल चौधरीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । नगर प्रमुखका उम्मेदवार प्रकाश चौधरीले लमहीलाई समृद्ध बनाउने र जनताका आवश्यकता पूरा गर्नमै आफू केन्द्रित हुने । भौगोलिक हिसाबले पनि समस्यायुक्त रहेको लमही नगरपालिकाको सतबरिया क्षेत्रमा सिंचाईको अभावले पर्याप्त कृषि उत्पादन हुन नसकेको बताउँदै त्यहाँ सिंचाईको व्यवस्था गर्न आफू लागिपर्ने बताएका छन् ।

त्यसैगरी नगरको खानेपानी समस्याको समाधान, राप्ती नदीले गर्ने कटान नियन्त्रण, तथा सुकुम्बासी र निकुञ्ज पीडितहरुको समस्या समाधान गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *