काठमाडौ- लामो समयदेखी अमेरिकामा बसोबास गर्दै आएका गायक: जित लिम्बुको आवाजमा रहेको पहिलो गीत “घुमाई-घुमाई” को म्युजिक भिडियो यूट्युब मार्फत हालै सार्वजनिक भएको छ।
नायिका केकी अधिकारी र नायक/मोडेल बिनोद न्यौपानेको अभिनय रहेको घुमाई घुमाईलाई यूवराज वाईबाले निर्देशन गरेका छन् भने उत्सब दाहालको छाँयाकनलाई निशान घिमिरेले सम्पादन गरेका छन्।
गीतकार डि.पी खनालका शब्दमा शंकर थापा स्माईलले संगीत भरेका हुन् भने उदय राज पौडेलले संगीत संयोजन गरेका छन्। यस गीतको अडियो भिडियोलाई डश म्यूजिक प्रा.ली.ले बजारमा ल्याएको हो ।
म्युजिक भिडियो हेर्नलाई यहाँ क्लिक गर्नुहोला