झापाको दमकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा १८ असार-झापाको दमक नगरपालिकामा मोटर साईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।दमक नगरपालिकाको  देवान चोकमा गएराति सवा ९ बजे मे २ प ७५०६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री, स्थानिय १५ वर्षिय अशोक राईको मृत्यु भएको हो ।

चालक र मोटरसाइकललाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले मादक पदार्थ सेवन गरेको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *