काठमाडौ- छोरीलाई वंशाधिकार हुनुपर्छ भन्ने बहस सम्पन्न भएको छ । मूलबाटो प्रतिष्ठानको आयोजनामा काठमाडौको खुल्ला मन्चमा उक्त बहस कार्यक्रम सम्पन्न भएको हो ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवस (क्रान्ति दिवस) को अवसर पारेर आयोजित कार्यक्रममा वक्ताहरुले छोरीलाई पनि छोरा सरह अंश दिनु पर्ने विधानमा भएपनि यो हाम्रो समाजमा लागू हुन नसकेको बताए ।
हाम्रो कानुनमा बाबुको नामबाट मात्र छोरा-छोरीको नागरिकता बनिने प्रावधान आजसम्म पनि यथावत नै छ । आजसम्म आमाको नामबाट नागरिकता लिने २,४ जना बाहेक अरु छैनन् । एउटा बच्चाको बाबा बेपत्ता छ भने उसले नागरिकता लिनेबेलामा सिडियो कार्यालयले बाबुको नाम थर र नागरिकता खोज्छ । त्यतिबेला कहाँबाट ल्याउने आफूलाई जन्मदिने बाबुको नागरिकता ? तसर्थ छोरा-छोरीले आमाको नामबाट नागरिकता लिने वा बाबुको नाम थरबाट नागरिकता लिने ? उनीहरुकै ईच्छा अनुसार नागरिकता लिने र आफ्नो थर जोड्न पाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा मूलबाटो प्रतिष्ठानका अध्यक्ष प्रगति राई, सविन श्रेष्ठ, रिता शाह र नारायणी देवकोटाले बहस गरेका थिए भने कला अनुरागीले सहजकर्ताको भूमिका खेलेका थिए ।
क-कसले के-के भने बहसमा ? भिडियो हेर्नुहोला