चौधरी फाउण्डेसनद्वारा जीर्णोद्धार तथा मर्मत सम्भार गरेका सम्पदाहरु पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण

काठमाडौं २४ असार- पशुपति क्षेत्रभित्र चौधरी फाउण्डेसनले जीर्णोद्धार तथा मर्मत सम्भार गरेका सम्पदाहरु पशुपति क्षेत्र विकास कोषलाई पहिलो चरणको कार्यक्रम अन्तर्गत वत्सलेश्वरी क्षेत्रमा निर्मित सम्पदाहरु हस्तान्तरण गरेको छ।  शुक्रबार पशुपतिक्षेत्रमा आयोजित एक समारोहका बीच फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कोषका सदस्य सचिव डा. गोविन्द टण्डनलाई उक्त सम्पदाहरु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा चौधरी फाउण्डेसनद्वारा नवलपरासीमा निर्मित शाश्वत धाम अन्तर्गत सनातन धर्मको जगेर्ना र संरक्षणका लागि पनि कोषसँगको सहकार्यमा उल्लेख्य योगदान पु¥याउन चाहेको फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले नेपाल र भारतबीच भाइचाराको सम्बन्ध रहेको बताए ।

पशुपतिनाथ क्षेत्रमा रहेका आर्यघाट, भष्मेश्वरघाट र वत्सलेश्वरी क्षेत्रका मन्दिर, पाटी तथा घाट मर्मत सम्भार एवं जीर्णोद्धारका लागि चौधरी फाउण्डेसन र कोषबीच सम्झौता भएकोमा हाल वत्सलेश्वरी क्षेत्रका वत्सलेश्वरी मन्दिर तथा पाटी, मंगलागौरी मन्दिर, श्री अनन्तादिनारायण मन्दिर, खानेपानी धारा लगायतका सम्पदाहरुको जीर्णोद्धार एवं मर्मत सम्भार सम्पन्न भएको हो । अर्को चरणमा भष्मेश्वरघाट र आर्यघाटको जीर्णोद्धार गर्ने फाउण्डेसनको योजना रहेको संस्थाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *