चैत्र दोस्रो सातादेखि एसईई परिक्षा, चार लाख ५२ हजार सहभागी हुदै

काठमाडौ – चैत दोस्रो सातादेखि लिने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ पाठ्यक्रम पढेका साढे ४ लाख विद्यार्थी सहभागी हुने भएका छन् ।गतवर्षदेखि लागू भएको नयाँ पाठ्यक्रमका आधारमा कार्यालयले चैत ८ देखि परीक्षा लिन लागेको हो । २०५७ मा सुरु भएको कोर्षको परीक्षा गतवर्षसम्म सञ्चालन गरिएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ५२ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

कार्यालयले प्रदेश ६ र ७ का लागि आवश्यक प्रश्नपत्रसमेत ढुवानी सुरु गरिसकेको छ । यसपालि अनिवार्य विषयको गणितबाहेक सबै विषयमा २५ नम्बरको प्रयोगात्मक व्यवस्था गरिएको छ ।

कार्यालयले ७५ पूर्णाङको २ घण्टा १५ मिनेटको मात्रै परीक्षा लिँदै छ । एक्जाम्टेडसहित ४ लाख ८५ हजार ५ सय ६६ विद्यार्थीका लागि १ हजार ९ सय ५६ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षा सञ्चालन गर्ने अवधिसम्म जिल्ला शिक्षा कार्यालय रहे पनि चैत २८ देखि खारेज हुने भएपछि उत्तरपुस्तिका प्रहरी कार्यालयमा थन्कने छ ।

शिक्षा विभागका अनुसार कक्षा १ मा भर्ना भएकामध्ये ३७ प्रतिशत विद्यार्थी मात्रै १० कक्षाको एसईई परीक्षामा सहभागी हुँदैछन् । ०६५ मा कक्षा १ मा भर्ना भएका विद्यार्थी यसपालि कक्षा १० को परीक्षामा सहभागी हुँदैछन् ।

विभागका अनुसार ०६५ मा कक्षा १ मा १४ लाख ८५ हजार ३ सय ९५ जना भर्ना भएका थिए । अहिले तिनै विद्यार्थीमध्ये ४ लाख ५२ हजार ७ सय ८१ विद्यार्थी अर्थात् ३०.४८ प्रतिशत विद्यार्थीले मात्रै परीक्षा दिँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *