काठमाडौ ३१ साउन-चिनियाँ उपप्रधानमन्त्री वाङ याङले भूकम्पबाट क्षतिग्रस्त नौतले दरबारको शिलान्यास गरेका छन् । नेपाल भ्रमणमा रहेका उपप्रधानमन्त्री वाङ र उपप्रधान तथा परराष्ट्रपति कृष्णबहादुर महराले संयुक्त रुपमा नौतले दरबारको शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव, चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल तथा नेपालका लागि चिनियाँ राजदूत यु होङ लगायतको उपस्थिती रहेको थियो। भूकम्पले क्षतिग्रस्त नौतले दरबार चिनियाँ सहयोगमा पुनर्निर्माण गर्न लागिएको हो।