गुण्डा नाईके भनेर चिनिने मनोज पुनको प्रहरी इन्काउन्टरमा मारिए

काठमाडौ ९ फागुन- डन भनेर चिनिएका गुन्डा नाइके मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन् । पुनका सहयोग सोम आलेलाई पनि प्रहरीले रुपन्देहीको देवदहमा सँगै इनकाउन्टर गरेको हो ।

भारतमा लुकेर नेपालमा हत्याका घटना घटाउँदै अाएका पुन केहीअघि मात्रै नेपाल अाएको सूचना प्रहरीले पाएपछि व्यापक खोजीकै क्रममा पुन इन्काउन्टरमा मारिएका हुन् ।

प्रहरीका अनुसार देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीमाथि अाक्रमण गरेर भाग्न खोज्दा जवाफी कारवाहीमा पुन मारिएका हुन् । नेकपा एमालेका पूर्व कार्यकर्ता समेत रहेका पुनको उपचारको क्रममा बुधबार विहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो ।

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा लिएपछि प्रहरीले पुनको व्यापक खोजी गरिरहेको थियो । त्यसैगरी निर्माण व्यवसायी महासंघका अध्‍यक्ष शरदकुमार गौचनको हत्यामा पनिको संलग्नता रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *