गायिका मिलन अमात्यको स्वरमा किरात साकेला गीत रेकर्ड

काठमाडौ- गायिका मिलन अमात्यको स्वरमा किरात समुदायको संस्कृतिमा आधारित साकेला गीत रेकर्ड भएको छ । साकेला उधौलीको अवसर पारेर मिलन अमात्यको साकेला गीत रेकर्ड गरिएको हो । रेकर्ड गरेपछि, साकेला उधौलीको अवसरमा उनले शुभकामना समेत दिएकी छन् ।

मिलन अमात्य र भूमिराज राईको स्वर रहने उक्त गीतको शब्द र लय शिवसंगम राईको रहेको छ । एरेन्ज भने सुन्दर लामाले गरेका छन् । गायक भुमिराज राई युकेबस्दै आउनु भएकोले उनको स्वर भने युके मै रेकर्ड गर्ने संगीतकार शिबसंगम राईले बताएका छन् ।

किराँतहरुको संस्कृती र मिथकमा आधारित शब्दहरु समेटेर शब्द संयोजन गरेर सके सम्म धेरै किराँतीहरुको साकेलाको प्रतीनिधी साकेला गीत बनाउने प्रयास गरेर ढोल झ्याम्टाको प्रयोग गरेर साकेलाको धुनलाई जिबन्त बनाउने कोशीस भएको रचनाकार तथा सँगितकार शिबसंगम राईको दाबी रहेको छ ।

केहि समय अगाडी मिलन अमात्यले लिम्बु भाषाको गीत पनि गाएकी थिइन् । गायक भुमिराज राई र मिलन अमात्यले यस अघी; ‘यो जुनिमा’ र ‘कुन सन्जोगले’ बोलको गीत पनि रेकर्ड गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *