गाईघाटमा यौन क्रियाकलाप बढे संगै, केहि यौनकर्मी पक्राउ

गाईघाट,३ पुस- त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ।

त्रियुगा नगरपालिकाको वडा नं ११ स्थित हिमाली टोलको एक होटलमा सादा पोशाकका प्रहरीले होटल सञ्चालिकासहित केही यौनकर्मीलाई रंगेशात पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा होटल सञ्चालिका सहित यौन क्रियाकलपमा संलग्न केही व्यक्ति रहेका छन्।

पक्राउ परेका यौनकर्मी महिलाका बयान अनुसार होटल सञ्चालिकाले कमिशनमा ग्राहक बोलाएर यौनकर्मीलाई एक पटककोे पाँचसयका दरले यौन क्रियाकलामा लगाउने गरेकी थिइन्।

गाईघाटका केहि अन्य होटलमा पनि यस्ता कार्य हुनथालेकाले बिहान, बेलुकी र राति सादा पोशाकका प्रहरीले निगरानी गर्न थालेको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *