दिक्तेलका १४ पसलबाट म्याद नाघेका उपभोग्य वस्तु जफत

चिसाङ्ग शेर्पा-असोज १८ खोटाङ्ग, अनुगमन समितिले खोटाङका १४ पसलबाट म्याद नाघेका उपभोग्य वस्तु जफत गरेको छ । प्रशासन, प्रहरी, कोलेनिका, उद्योग बाणिज्य संघ लगायतको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले सदरमुकाम दिक्तेलका पसलबाट मसला, बिस्कुट, चिया, प्राउन क्रेकर, बबल गम जफत गरेको हो ।

अनुगमनका क्रममा सन् २०१३ मै म्याद सकिएका उपभोग्यबस्तु समेत फेला परेको अनुगमन समितिका संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए ।

अनुगमनका क्रममा कृष्ण ईन्टर प्राईजेजबाट १४० पोका मिट मसला, भावना होलसेलबाट १ पोका प्रगती तरकारी मसला, दाहाल किराना पशलबाट २ पोका मरिच पाउडर, १२ पोका मःम मसला र ११ पोका ताज चिया, भद्रकुमारी श्रेष्ठको पसलबाट २० प्याकेट मिट मसला, शैंजू किराना पशलबाट ४ पिस मःम मसला, भगवती जनरल सप्लायर्सबाट ४ पिस चाउमिन मसला, ७ पिस मःम मसला, ३९ पिस सेञ्चुरी मसला, १९ पोका बेसार पाउडर, २१ प्याकेट सानो बेसार पाउडर र १६ वटा मरी बिस्कुट, कठायत ट्रेड एण्ड सप्लायर्सबाट ३२ पिस सेञ्चुरी खुर्सानी पाउडर र १ बट्टा पप्स गम, रसिक एण्ड रोहन कोल्ड स्टोरबाट १ बट्टा सुमो ल्याक्टो जफत गरिएको छ ।

यस्तै, प्रेरणा किराना पशलबाट ३ पिस प्राउन क्रेकर र १ बट्टा काजु चकलेट, रेश्मा एण्ड राम स्टोरबाट १० प्याकेट हिमाली चिया रङ, ८० प्याकेट प्रगती खुर्सानी पाउडर, ५ केजी टोकला चिया र ४ पिस प्राउनक्रेकर, गोर्खा स्टोरबाट १ प्याकेट मिट मसला, न्यू काभ्रे स्टोरबाट ६ बट्टा बबलगम, २ बट्टा बिग बल, १ बट्टा चकलेट र ४० पोका चाँदनी चिया, स्नेहा ट्रेडर्सबाट ३ पिस ज्याकपट बिस्कुट र सुमन किराना पसलबाट २० पोका ज्वानो जफत गरिएको अनुगमन समितिका संयोजक एबं सहायक प्रमुख जिल्ला अधिकारी कुमालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *