कुमार लिङदेन नेतृत्वको लिम्बुवान पार्टीले चुनावमा भाग लिने

दमक २ असार- लामो समय देखी अरुण पुर्वका जिल्लामा क्रियाशिल रहेको कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्चले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने भएको छ। उसले अरुणपूर्वका ९ जिल्ला सहित दाङमा राष्ट्रिय जनमुक्ति पार्टीसंग सहकार्य गरेर चुनाव लड्ने भएको हो । दुबै पार्टीले राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिन्ह ‘घर’ लिएर चुनाव लड्ने भएका हुन्।

चुनाव बहिस्कार गर्नुभन्दा चुनावलाई नै प्रयोग गर्दै आन्दोलनका रुपमा जनताको माझबाट बिश्वासको मत लिने लिम्बुवान मञ्चले जनाएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीसंग पार्टि एकताको सम्भावना पनि रहेको बताउदै दिलकुमार लावतीले पहिचानवादी पार्टीहरु एक हुनु आवस्यक रहेको बताएका छन् ।

उनीहरुले अरुणपूर्वका ९ वटै जिल्लाको स्थानीय तहमा उम्मेद्वार तय समेत गरेका छन्। दुई पार्टीले दमक नगरपालिकाका बिभिन्न वडामा उम्मेद्वार समेत चयन गरेका छन्। उनीहरुले प्रमुख र उपप्रमुख सहित ६ र १० नम्बर वडा बाहेक सबै वडामा आफ्नो उम्मेद्वार चयन गरिसकेको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *