कवि वीरु बाङ्देललाई जसराज प्रतिभा पुरस्कार

काठमाडौँ, १६ फागुन – सिक्किमका कवि वीरु बाङ्देललाई जसराज किराती प्रतिभा प्रतिष्ठान, नेपाल÷बेलायतले यस वर्षको ‘जसराज किराती प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । नेपाली कविताको क्षेत्रमा विशिष्ट योगदान पु¥याएवबापत बाङ्देललाई पुरस्कृत गर्ने निर्णय गरिएको संस्थाका संस्थापक अध्यक्ष रक्ष राईले बेलायतको वेल्सबाट जानकारी गराए ।

भारतीय नेपाली कविताका क्षेत्रमा ख्यातिप्राप्त कवि बाङ्देलका ‘आहट मानेभन्ज्याङको’ र ‘कसाइको बस्तीमा’ दुई कविताकृति तथा लेख, समीक्षा एवं प्रबन्ध विधाका तीन गरी पाँच कृति र दुई गीति एल्बम प्रकाशित छन् । उनले थुप्रै ग्रन्थको सम्पादन समेत गरेका छन् ।

प्रसिद्ध कवि जसराज किरातीका साहित्यिक सिर्जनाहरूको खोजअनुसन्धान, संरक्षण, सम्बद्र्धन एवं प्रकाशन गरी प्रवद्र्धन गर्ने उद्देश्यले चार वर्षअघि नेपाल र बेलायतमा रहेका शुभचिन्तक तथा आफन्तजनहरूको सक्रियतामा स्थापित जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा वर्षेनी प्रदान गरिने पचास हजार राशिको पुरस्कारबाट यसअघि कवि मनु मन्जिल र श्रवण मुकारुङ पुरस्कृत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *