वर्तमान नेपालको संविधान २०७२ द्वारा निर्देशित भै निर्मित १ नम्बर प्रदेशलाई “किरात प्रदेश” नामांकरण गर्नु पर्छ भनेर भनि रहदा यहाँ कोहि पनि झस्किनु पर्ने,चस्किनु पर्ने अथवा उम्लिनु पर्ने कुनै पनि कारण छैन,यदि कसैलाई यो शब्द प्रति आपति छ भने त्यो बुझाईको कमि हो, त्यो अध्ययनको कमि हो र सबैको आ-आफ्नो मत भए पनि मुलुक संघियता कार्यन्वयनको एक विशिष्ट अवस्थामा छ, ७ वटै प्रदेशमा मुख्य मन्त्रि नियुक्त भैसकेको अबस्था हो र मुलुकले प्रधानमन्त्री पनि पाईसकेको अबस्था हो, भलाई पूर्ण प्रदेश सरकार र संघीय सरकार बनिसकेको छैन तर त्यो पनि अवको केहिदिन भित्रै पुरा भैसक्ने छ । अबको प्रदेश सरकार र संघीय सरकारको प्रमुख काम मध्य अस्थाई रुपमा तोकिएको प्रादेशिक राजधानी र नम्बरको हिसाबमा राखिएको प्रदेशलाई अन्तिम रुप दिदै स्थायी मुकाम तोक्ने अनि प्रदेशको मिल्दो नाम राख्ने यो केहि विवादित र पेचिलो बन्ने देखिन्छ यद्यपि यो धेरै जटिल विषय हैन यदि हामी फराकिलो कोणबाट सबै कुरालाई विश्लेषण गरि अगाडी बढ्छौ भने, यदि हाम्रो ईतिहास प्रति सम्मान छ भने , यदि हामि एक अर्कामा समभाव राख्छौ भने ।
“किम्पुरुष देश” भनेर प्राचिन कालमा चिनिने समस्त हिमाली खण्ड आज छोटीदै-छोटिदै काठमान्डौ उपत्यका पुर्बको समस्त भाग हुन् ,जसको अर्थ “किरात प्रदेश” हुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गर्ने बृहद नेपाली शब्दकोषमा“किरात” माने पूर्वी नेपालमा पर्ने माझ किरात तथा पल्लो किरात नामले प्रसिद्द एक प्रदेश, भन्ने छ ।
आज भन्दा लगभग चालिस बर्ष अगाडी सम्म पनि काठमान्डौ उपत्यका पूर्वका समस्त भू-भाग हरुलाई “किरात” नै भनिन्थ्यो, ईतिहास र पात्रहरु जिवितै छन् । काठमाडौँ पूर्वका क्षेत्रहरु जुन“किरात” भुमि हो त्यसलाई तत्कालिन शासकहरुले तीन भौगोलिक“किरात क्षेत्र” मा विभाजन गरे “ओल्लो किरात”, जुन सुन कोशी र दुधकोशी बीचको भूभागलाई जनाउछ ,त्यसै गरि ”माझ किरात” जुन दुधकोशी र अरुण बीचको समग्र भू-भाग हो र“पल्लो किरात”अरुण पुर्ब मेची वारिको भू-खण्ड ,अझै पनि बुढा पाकाहरुको जिब्रोमा यहि शब्दहरु हराएका छैनन् । सुनुवार लगायतहरुको बाहुल्य भएको क्षेत्रलाई “ओल्लो किरात” भनियो किनकी यो काठमाडौँ नजिक थ्यो ।त्यस्तै राई बाहुल्य क्षेत्रलाई “माझ किरात” भनियो र लिम्बु बाहुल्य क्षेत्र लाई “पल्लो किरात” भनियो, यसरि तत्कालिन शासकहरुले आफ्नो स्वार्थको लागि, आफ्नो सजिलोको लागि समग्र “किरात भुमि” लाई विभाजन गरे , यसरि यी क्षेत्रहरुलाइ भौगोलिक हिसाब ले ,राजनैतिक,प्रशासनिक,सास्कृतिक हरेक हिसाबले एक अर्कामा अलग-थलग राख्ने काम भयो गौण रुप अझै पनि छ भन्दा अपराध नहोला , “किरात” एकक्षेत्र मात्र नभई यो एक समुह पनि भएको कारण यहि विशेषतालाई कमजोरीको रुपमा हतियार बनाई यसरी विभाजन गरियो हुन त काठमाडौँ पनि किरात क्षेत्र भित्र कै क्षेत्र हो तर यसलाई अलग्गै नै राखियो कि न कि यस ठाउ मा रहेर शासन गर्नु पर्थ्यो यस मा भन्नु केहि पनि छैन तर पनि उनीहरु ले किरात हरु को अस्तित्व लाई नकार्न सकेनन, उपत्यका भित्र रहेको स्थान को नाम, मुर्ति हरु ,बिभिन्न समय मा भटिएको शिलालेख हरु बोल्छ ,बोलिरहेको छ ।
स्मरण रहोस दोलखा जिल्ला मा “किरात छाप” भन्ने ठाउँ नै छ जहा देखि तत्कालिन ब्यबस्था ,तत्कालिन शासकहरुले लगाएको सिमा अनुसार “किरात क्षेत्र” प्रारम्भ हुन्छ ।
यी कुरा हरु भनिरहदा धेरै लाई लाग्न सक्छ यो त जातिवादी कुरा जस्तो भो ,नश्लवादी कुरा जस्तो भो तर त्यस्तो होइन हो यो यो बिषय केहि समुदाय संग जोडिएको बिषय अवश्य पनि हो तर यसो भन्दा अरु संग नजोडिएको भन्ने चै होइन यो यस क्षेत्रको बाहुनको पनि सरोकारको बिषय हो , कामिको पनि सरोकारको बिषय हो , किनकि प्राचिन शास्त्रहरु महाभारत,यजुर्बेद,अथर्ब वेदमा उल्लेखित “किरात प्रदेश” भुमिमा बस्ने म बासिन्दा हो भन्नु सबैको गर्बको बिषय हो , आफुलाई “किराती” भनेर चिनाउने समुदायको लागि त झनै आफ्नो ईतिहासको सम्मानको बिषय हो , तर अहिलेको वर्तमान समयमा “किरात” शब्दकुनै एक जाति र नश्ल भन्दा माथिको बिषय हो किनकि यो शब्द र यसको बृहद अर्थले समग्र भूगोल समेट्छ,ईतिहास समेट्छ ,सस्कृति समेट्छ ,तसर्थ यस “किरात” शब्दल एक जीवित सभ्यतालाई प्रतिनिधित्व गर्छ र यसलाई बचाउनु हामी सबैको दायित्व हो, बिस्वको प्राचिन सभ्यताहरु मध्ये “किरात सभ्यता” पनि एक हो तपाई मान्नुस नमान्नुस मेरो अध्याएनले यो देखाउछ , केहि दशक अघिसम्म पनि पुर्बको सबै जात-जाति ,भाषा-भाषीहरुले म “ओल्लो किरात” बासिन्दा, म“पल्लो किरात” बासि, म“माझ किरात” को भनेर आफुलाई चिनाउने गर्थे र यो भुमिलाई यसरि नै चिनिने गरिन्थ्यो ईतिहास र त्यसका पत्रहरु अझै सम्म जीवित छन् , तसर्थ पूर्वको दोलखा र रामेछाप छुटे पनि पुर्ब का १४ जिल्लालाई समेटेर एक प्रदेश बनेको छ त्यसलाई “किरात प्रदेश” नामाकरण गर्न उचित नै छ, अझै एक नम्बर प्रदेशलाई “किरात प्रदेश” किन नामांकरण भन्ने सबालमा म तीन वटा मुख्य र अति नै महत्वपूर्ण कारणहरु देख्छु जुन निम्न अनुसार छन् ।
१०प्राचिन सभ्यतालाई सम्मान सहित जीवित राख्न
मैले माथि नै भनि सके कि किरात जाति र सभ्यता एक प्राचीनतम सभ्यता हुन् भनेर,यलम्बरकै शासन समयलाई आधार मान्ने हो भने पनि लगभग ३७ सय बर्ष हुन आउछ तर कुनै पनि जति शासन गर्ने तहमा एकै चोटी पुग्दैन ,कोहि कसैले भन्ने गरेको छ प्रतिशोध पूर्ण तरिकाले कि किरात काल नै थिएन भनेर तर थियो कि थिएन भनेर यहाँको ढुंगा-माटो बोल्छ, विभिन्न काल खण्डमा भेटिएका शिलालेखहरु बोलिरहेका छन् ,मूर्तिकलाहरु,स्थानको नाम , बेद शास्त्रहरु ,महाभारत, बोल्छ , र यी बोलिहरुमा यी प्रमाणहरुमा पनि मुख्य त “किरात” एकजाति, क्षेत्र भन्ने बुझ्छौ तर समय क्रममा अव यो फेरियो यो अहिले सभ्यतामा परिवर्तन भै सक्यो सभ्यता बन्ने नै यसरि हो एक जाति एक भूगोलमा फैलिन्छ अनि कालान्तरमा त्यो क्षेत्रमा बस्ने जो सुकै होस् त्यहि सभ्यता भित्रको कह्लाईन्छ । तसर्थ“किरात” पनि अव एक सभ्यता हो ,यो सबैको साझा सम्पति हो, यहाँ जन्मिने जो सुकै चाहे बाहुन होस् चाहे कामी, मगर होस् या लिम्बु, जो सुकै होस् भूगोल र सभ्यताको हिसाबले “किरात” बासि,सभ्यताले “किराती” हुन् भने जातले बाहुन,कामि,मगर,लिम्बु रास्ट्रियताले “नेपाली” यो बुझ्न जरुरि छ, अलि अध्ययनको दायरालाई फराकिलो पार्न जरुरि छ , कतिलाई यो कुरा स्वीकार गर्न गार्हो छ तर त्यो समय क्रममा सत्य सबैले बुझ्ने छ, यसरि,”किरात” एक प्राचिनकाल देखि अस्तित्वमा रहेको एक जाति, एक भूगोल र जीवित एक सभ्यताको नाम हो, यो हाम्रो देशको अमुल्य सम्पति हो, ईतिहास र सस्कृति अध्ययन गर्न चाहनेहरुको लागि एक उर्बर केन्द्र हो तसर्थ यो नामलाई निरन्तरता दिदै यो सभ्यतालाई जोगाउदै विकास गर्दै लानु सचेत एक नम्बर प्रदेश बासीहरुको एक मुख्य काम ,कर्तब्य र दायित्व हो ।
२० ईतिहासको सम्मान
ईतिहास बाट सिक्नु, परिमार्जित हुदै जानु र सम्मान गर्नु हरेक सचेत व्यक्तिको कर्तब्य हो, प्राचिन काल देखि नै किरात जातिको,किरात क्षेत्रको र किरात सभ्यताको महत्वपूर्ण योगदान छ यो क्षेत्रमा,प्राचिनकालमा यो खण्डलाई स्थिर र ब्यबस्थित राख्न मुख्य योगदान थियो । विभिन्न ईतिहासकारहरुको मत अनुसार यो भू-खण्डमा “किरातकाल” जतिको व्यवस्थित शासन प्रणाली कुनै थिएन र भएन पनि, मध्यकालीन समयमा छिन्न भिन्न अबस्थामा रहे पनि सास्कृतिक निर्माणमा,सामाजिक व्यवस्थामा उल्लेखित योगदान रहेको छ, यो जाति आफैमा व्यवस्थित जाति हो ( सामाजिक,सास्कृतिक,आर्थिक रुपले) र सबै भन्दा महत्वपूर्ण पछिल्लो आधुनिक कालमा भएको महत्वपूर्ण घटनाहरुमा किरातीहरुको महत्वपूर्ण योगदान रहेको छ । प्रत्येक अन्याय बिरुद्दको लडाईमा सक्रियता पुर्बक यो जातले , यो भूगोलले सहभागिता जनाएको छ । ईतिहास कत्ति गलत लेखिएको छ कत्ति गलत बुझाईएको छ यो अलग बिषय हो । यसमा पनि समिक्षा गर्नु जरुरि छ्र तत्कालिन शासकहरुले आफ्नो अनुकुलतामा समग्र “किरात” लाई समय-समयमा खण्ड-खण्ड गरे, कहिले“ओल्लो किरात”, “माझ किरात” , “पल्लो किरात” गरि त कहिले “मेची”,”कोशी”, “सगरमाथा” र केहि भू-भाग “जनकपुर’ अन्चलमा राखेर , सधै यो भूगोललाई अलग-थलग राख्ने काम भै रह्यो, तर अहिले दोलखा र रामेछाप बाहेक हिजोको “किरात प्रदेश” लाइ पुनः एक राजनैतिक भू-खण्डमा राखिएको छ, यो केहि हद सम्म प्रगतिशील नै मान्नु पर्छ । मैले अघि नै भनि सके कि दोलखामा “किरात छाप” भन्ने ठाउ नै छ जहाँ बाट पुर्ब “किरात क्षेत्र” हो भनि तत्कालिन शासकहरुले सिमाना नै ठोके । विभिन्न समयमा यो क्षेत्रको ऐतिहासिकतालाई नामेट पर्न खोजियो तर पनि आज उक्त भुमि एक एकाईमा आएको छ (दोलखा र रामेछाप छोडेर) तसर्थ यो एक हद सम्म ईतिहासको सम्मान नै हो तर पनि पूर्ण होइन त्यसैले यो एक प्राचिन ईतिहासको पूर्ण सम्मानको लागि यो भुमिलाई, यो प्रदेशलाई “किरात प्रदेश” नामांकरण गर्न जायज छ । किनकि यो चिहान खनेर गाड्न खोजेको एक ईतिहास हो, यसलाई गाड्ने होइन यसलाई जीवित र चलायमान राक्नु जरुरि छ ,हरेक सकारात्मक ईतिहास लाई जोगाउनु सचेत व्यक्ति (समुह को कर्तब्य हो, आफ्नो विशेषता,ईतिहासलाई जोगाउनु गणतन्त्रको कर्तब्य हो , जब त्यो जातिको, त्यो क्षेत्रको, त्यो सभ्यताको ईतिहासले सम्मान पाउछ तब मात्रै त्यो जाति,भूगोल र सभ्यताको बिकास हुन्छ ।
३० भाषा,सस्कृतिको रक्षा र विकास
मानबिय जीवन ,सभ्यता,भूगोलको चिनारीमा भाषा,सस्कृतिको महत्वपूर्ण भूमिका रहन्छ, यतिको लामो कालखण्डमा यो क्षेत्रमा विभिन्न भाषा,सस्कृति जन्मिने र हुर्कने काम भएको छ । यी चिजहरु यस भूगोलको चिनारी हो र यी भाषा,सस्कृतिहरुको साझा चिनारी भनेको “किरात” बाहेक केहि पनि हुन सक्दैन, यी भाषा,सस्कृति,रहन सहनको विशेषता भनेको “किरात” हो, “किरात”नाम बेगरको यहाको भाषा,सस्कृति,रहन सहन शिर बेगरको शरीर जस्तो हुन्छ , “मुर्कुटा”भाषा,सस्कृति,रहन सहन बन्न जान्छ तसर्थ यी हाम्रो जीवित अमुल्य सम्पदाहरु जोगाउन,विकास गर्न “किरात प्रदेश” नामांकरण नगरी अपूर्ण हुन्छ ।
कुनै पनि चिजको न्वारन गर्न त्यति सजिलो कुरा होइन त्यसकोविशेषता, त्यसको काम,चालचलन,ईतिहास वा भबिष्य को कल्पना सबै ख्याल गर्नु पर्ने हुन्छ,हेर्नु पर्ने हुछ्र उदाहरणको लागि रेडियोलाई टेलिभिजन दीइएन र अहिले ल नाम फेरौ भन्दा नि हुन्न किनकि रेडियो बनाईनुको कारण,उदेश्य,प्रयोजन,ईतिहास फरक छ टेलिभिजनको भन्दा त्यसैले नाम साट्दा, नाम अर्को राख्दा सुहाउदैन,मिल्दैन | त्यस्तै यो प्रदेशको ईतिहास,विशेषता, सस्कार,सभ्यता, सास्कृतिक बनोटलाई एकमुस्ट चिनाऊने नाम “किरात प्रदेश” भन्दा अरु हुन सक्दैन हिजोको दिनमा बिबिध कारणले पछी परेको यहाँको जाति समुदायको मानसिकतालाई सक्रिय बनाउन,उत्थान गर्न पनि “किरात प्रदेश” नामांकरण गर्नु जरुरि छ, हुन त केहिले नदि,खोला-खाली, डाडाहरुको नाम राख्दा उपयुक्त हुन्छ भन्छन बरु त्यो एक स्थान बिशेसमा गनिन्छ ,बरु यहाँको जुनसुकै नदि होस्,या डाडा पाखा या त कुनै स्थान ती सब सास्कृतिक हिसाबले, ऐतिहासिक हिसाबले, सभ्यता को हिसाबले“किरात क्षेत्ररप्रदेशर” भित्र पर्छ , त्यसैले यो प्रदेशलाई “किरात प्रदेश “ नाम नराखी अन्य कुनै नाम दिनु भनेको नागरिकतामा बाबु,बाजेको नाम मेटाउनु जस्तै हो,ईतिहास प्रतिको गद्दारी हो, सस्कृति प्रतिको तिरस्कार हो सभ्यता प्रतिको अपहेलना हो | तसर्थअन्त मा हरेक कोण बाट हेर्दा, यहाको ईतिहास,सस्कार,सभ्यता,रहनसहन, सबैलाई बुझ्दा यहाँको ढुंगा-माटो पनि बोल्छ यो “किरात प्रदेश” हो |
१ नम्बर प्रदेश किराँत प्रदेशको विकल्प छैन;
कसैको रहर वा करले राखिने नाम होइन संघीय प्रदेशको नामाकरण त्यसका विशेष विधि र प्रक्रियाहरु छन् । राज्य संघियतामा जाँदा विज्ञहरुको टोलीले वृहत अध्ययन तथा अनुसन्धान गरि प्रदेशहरुको नामकरण गर्दा पहिचानका पाँच आधार र सामर्थ्यको चार आधारमा निर्माण गर्ने भनेर विगत अन्तरिम संविधान २०६३ अनुसूची १ मै राज्यका सबै प्रदेशहरु स्पष्ट उल्लेख भएकाले वर्तमान १ नम्बर प्रदेश किराँत प्रदेशको विकल्प छैन । त्यहि अन्तरिम संविधानका हरेक विषयहरु लाई तोडमोड नगरि वर्तमान संविधान २०७२ ले अक्षरस स्वामित्वो ग्रहण गर्ने गराउने भनि तत्कालिन सभामुख श्री सुबास चन्द्र नेम्बाङ्ले बारम्बार सडक सदन दुवै स्थानमा सार्वजनिक वक्तव्य दियको कसैले भुलेका छैनौ ।
अत: किराँत प्रदेश भित्र सबै जाति, वर्ग, धर्म, क्षेत्र र लिङ्ग मिलेरै बसेका थिय,छन् र हुनेछन् अनि यो प्रदेश सबैको साँझा प्रदेश हुनेमा शंकै छैन । त्यहाँको माटोले मात्र ऐतिहासिक पहिचानको समान खोजेको हो ।
पहिचानको सम्मान गर्दा आँकाश खस्ने नश्लीय विचार भनेको अपमान हो, अपमानले स्थायी शान्ति र उन्नति आउदैन । समन्धित सबैको हेक्का रहोस् ।
१ नम्बर प्रदेशको निकाश र विकाश नै, “किराँत प्रदेश” नामाकरणलाई स्थायित्वो दिनु हो, हामी सबै जुटौ ।
जय किराँत
जय नेपाल