उदयपुरमा बन्चरो प्रहारबाट घाईते, ताप्लेजुङमा खुकुरी प्रहार

मंसिर २६ उदयपुर, त्रियुगा नगरपालिका ९ दमौती स्कुलचौरी बस्ने ३५ वर्षीय मोहन बुढाथोकी वन्चरो प्रहारबाट घाइते भएका छन ।

उनलाई शुक्रबार सोही ठाउँ बस्ने मादक पदार्थ सेवन गरेका ३० वर्षीय होम बहादुर कार्कीले मोहन बुढाथोकीको टाउँकोमा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएकोले जिल्ला अस्पतालबाट थप उपचारको लागि न्युरो अस्पताल बिराटनगरमा पठाइएको छ । वन्चरो प्रहार गर्ने फरार कार्कीको प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै,ताप्लेजुङ फाकुम्बा ५ बस्ने २८ वर्षीय ताप्के शेर्पा खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई गएराति सोही ठाउँ बस्ने २३ वर्षीय साङगे शेर्पाले ताप्के शेर्पालाई खुकुरीले टाउको र ढाडमा प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पतालमा पठाइएको छ । खुकुरी प्रहार गर्ने फरार शेर्पाको प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *