इस्लाम समुदायको महान पर्व बकर इद एक परिचय

eidभदौ २८  काठमाडौं । इस्लाम समुदायको महान पर्व बकर इद आज कुर्बानी दिएर मनाइँदैछ । इद उल अजहा समेत भनिने बकर इद पर्वका अवसरमा सरकारले मंगलवार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्ममा हज र कुर्बानी अनिवार्य मानिन्छ । बकर इदको पहिलो दिन विहान इदगाहमा भेला भएर नमाज पढि सकेपछि पशुको कुर्बानी दिइएर इअदको सुभारम्भ गरिन्छ । यसरि कुर्बानी दिएपछि जन्नत (स्वर्ग)को बाटो खुल्छ ।

इस्लाम समुदायका धर्म गुरु र शिक्षकलाई मौलाना भनिन्छ । मौलानाहरुले कुरान पाठ गरेर विशेष मन्त्रोच्चारण गरेपछि पशु कुर्बानी दिइन्छ । कुर्बानीको मासु आफूमात्र खानुहुँदैन भन्ने इस्लाम मान्यता रहेको छ ।

चौपाया कुर्बानी दिएपछिको मासुलाई तीन भाग लगाइन्छ । एक भाग आफ्ना लागि, एक भाग इष्टमित्रलाई बाँड्ने र एक भाग गरीवलाई दिनुपर्ने अल्लाहको आदेश हुने गरेको मान्यता पाइन्छ ।
जति धेरै कुर्बानी दियो त्यति नै अल्लाह खुसी हुने मान्यता इस्लाम समुदायमा रहेको छ । एक परिवारले दुई तीनवटासम्म चौपाया कुर्बानी दिने गरेका छन् ।

आर्थिक हैसियत हेरेर कुर्बानी दिइने र कुर्बानी दिने हैसियत नभएकाहरुलाई कुर्बानी दिनेहरुले एक भाग मासु दिने चलन छ । छाला मदरसा (इस्लाम विद्यालय)हरुलाई दिने नियम छ ।

इस्लाम समुदायले यस पर्वमा खसी, बोका, राँगा, गाई, उँट, भेडा, च्यांग्रा लगायत चौपाया कुर्बान गर्छन् । तर, नेपालमा हिन्दू समुदायको बाहुल्य रहेकाले नेपालीहरुको संवेदनशीलता र मुलुकको कानुन मान्दै गाई कुर्बान गर्ने चलन छैन ।

सम्पन्न व्यक्तिले तीन दिनसम्म निरन्तर कुर्बानी दिन्छन् । तर, सामान्य आर्थिक अवस्थाकाले एक दिनमात्र दिन्छन् । हजरत (अल्लाह) ले मक्कामा विजय हासिल गरेपछि कुर्बानीलाई व्यवस्थित गरिएको मान्यता छ ।

यो पर्वमा आ-आफ्ना इष्टमित्रको घरमा जाने खानपिन गर्ने र छिमेकीहरुलाई बोलाएर खुवाउने प्रचलन छ । कुर्बानीको मासु बेच्न पाइँदैन । नेपालमा हिन्दू छिमेकी र साथीभाइहरुलाई पनि बोलाएर कुर्बानीको भोज खुवाउने प्रचलन बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *