जेठ २४ – इरानको संसदभित्र गोलीबारी भएको खबर छ । घटनामा अहिलेसम्म दुईजना घाइते भएको बताईएको छ । समाचार अनुसार तीन बन्दुकधारीले संसद भित्रका मानिसलाई बन्धक बनाएका छन् ।
केही सांसदका अनुसार उक्त गोलीबारीमा घाइते एक सुरक्षाकर्मीको मृत्यु भएको छ । तस्मिन न्यूजका अनुसार अहिले पनि इरानको संसदभित्र गोलीबारी जारी छ ।
सुरक्षा बलको तर्फबाट एक हमलाकर्तालाई पक्राउ गरेको बताईएको छ ।