इक्साहाङ चेम्जोङको उपन्यास “कालो आकाश” विमोचित

ईन्द्र जिजीबिषा / काठमाडौ,१४ मंसिर – साहित्यकार इक्साहाङ चेम्जोङको उपन्यास “कालो आकाश” विमोचन गरिएको छ । काठमाडौमा एक कार्यक्रम गरेर चेम्जोङ्को उक्त उपन्यास विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका आख्यानकार तथा साहित्यकार युग पाठक, प्रेस काउन्सिल नेपालका सदस्य तथा साहित्यकार चेतनाथ धमला, साहित्यकार बिमला तुम्खेवा र काङ्सोरे मिडिया प्रा.ली.का अध्यक्ष सुन्दर आलेले एकसाथ विमोचन गरेका हुन् ।

कार्यक्रमा साहित्यकार बिमला तुम्खेवाले विमोचित उपन्यासको समिक्षा गरेकी थिईन् । “लिम्बु संस्कार संस्कृती भित्रको टिपिकल उपन्यास बनेको” कुरा समिक्षा गर्दै तुम्खेवाले भनिन् ।

प्रमुख अतिथिको आशनबाट बोल्दै युग पाठकले भने, “लेख्नु आफैमा सजिलो छैन । अझ अरुको संस्कार संस्कृती भित्र पसेर लेख्नु त झनै गाह्रो, तर यहाँ उपन्यासकार भाईले आफ्नै समुदायको, आफ्नै संस्कार भित्र पसेर लेखेका कारण यो समाज र संस्कृतीको अध्यायन गर्न चाहनेहरुको निम्ति एउटा राम्रो खुराक बन्न सक्छ ।

कार्यक्रममा साहित्यकार संजय राई “छुच्चा”ले लेखक संग पुरानो चिनजान भएको र लेख्न सक्ने खुबी भएको कुरा शुभकामना मन्तव्यको क्रममै भने । प्रकाशकको तर्फबाट साहित्यकार एवं लिम्बु पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ्ग “सुर्केली” ले प्रकाशनको दौरानमा भोगेका तिता-मिठा कुराहरु र माओवादी द्वन्दले एउटा शान्त गाउँमा कसरी अशान्त तुल्यायो भन्ने कुरालाई सान्दर्भिक ढङ्गले लेखेको आफ्नो मन्तव्यको क्रममा सुनाएका थिए । विमोचन कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा साहित्यकार चेतनाथ धमलाले पनि उपन्यास लेखकलाई भारि शुभकामना दिए ।

विमोचित कृति “कालो आकाश” विक्रीबाट प्राप्त रकम सदभाव नेपालद्वारा निर्माणधिन वृद्धा आश्रय घरलाई प्रदान गरिने बताईएको छ । कार्यक्रमलाई पत्रकार मिलन लिम्बुले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *