आभा मुकारुङ्को “सोझो बाटो मायाको” सार्वजनिक (म्युजिक भिडियो सहित)

ईन्द्र जिजीबिषा-काठमाडौ २८ चैत्र, गायिका आभा मुकारुङ्ले “सोझो बाटो मायाको हिडेको बिचमै धराप थापेछ खुनिले” बोलको गीत लिएर बजारमा आएकी छिन् ।

नयाँ बर्ष २०७४ सालको पुर्व सन्ध्यामा गायिका आभाले उक्त गीत सार्वजनिक गरेकी हुन् । कता हिडेको ? कसलाई खोजेको ? भनन भन हे, बिरानो परदेशी, सल्ला सुसायो है,काली पारे दाई हो हो, छकछकी रेलको इन्जिन जस्ता सयौ चर्चित गीतहरुमा स्वर दिएकी गायिका आभा मुकारुङ्ले नयाँ बर्षमा नयाँ गीति एल्बम “बहाव” ल्याउने भएकी छिन् । उक्त गीत सोहि एल्बममा रहने गायिका आभा मुकारुङ्ले सूचना खबरलाई बताएकी छिन् । आनन्द अधिकारीको शब्द रचनालाई पबिधन खालिंगले संगीत र एरेन्ज गरेका छन् ।

“सोझो बाटो मायाको” बोल रहेको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । रोबिन विष्ट र सानु नेम्वाङ्ग लिम्बुले अभिनय गरेको उक्त म्युजिक भिडियोलाई छायांकन र निर्देशन देवजंग थापाले गरेका छन् भने,सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।

“सोझो बाटो मायाको” गीतको म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला

Leave a Reply

Your email address will not be published. Required fields are marked *