आइजीपीद्वारा सुम्निमा कल्चर एकेडेमीका प्रशिक्षार्थीलाइ प्रोत्साहन

durja-kumarजनक राई,भदौ २५ काठमाडौ । सशस्त्र प्रहरी बलका आइजीपी  दुर्जकुमार राइले सुम्निमा कल्चर एकेडेमीद्वारा आयोजित एक कार्यक्रममा सुम्निमा कल्चर एकेडेमीको गायन विधामा चौथो बर्षका प्रशिक्षार्थी बिभुषण राइलाइ सांगीतिक भविष्यको शुभकामना सहित हार्मोनियम प्रदान गर्नु भएको छ ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाइ लक्ष्यमा पुग्नको लागी सपना देख्न र सपना पुरा गर्नको लागी दृढ़ सङकल्पित भएर अभ्यासमा लागे अवस्य सफलता हात लाग्ने बताउदै सुम्निमा कल्चर एकेडेमीले नेपाली गीत संगीत र संस्कृतिको संरक्षण, सम्बर्द्धनमा पुर्याउदै आएको योगदानको प्रसंशा गर्नु भयो ।

कार्यक्रममा बोल्दै एकेडमीका सल्लाहकार क्या. जगतराम राइले सुम्निमा कल्चर एकेडमीका कलाकारहरू टेलिभिजनमा प्रशारण हुने कुनै पनि राष्ट्रिय स्तरको प्रतियोगितामा पुगेको खण्डमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्दै आएको बताउदै अझ पनि सहयोग गर्नेबताउनु भयो ।durja-kumar-rai

Leave a Reply

Your email address will not be published. Required fields are marked *