अमेरिका र दक्षिण कोरियालाई ‘पचास लाख परमाणु बम’ले ध्वस्त गर्ने उत्तर कोरियाको तयारी

एजेन्सी-१३ बैशाख, उत्तर कोरियाका राष्ट्रनेता किम जोङ इलका युवा समर्थकले अमेरिका र दक्षिण कोरियालाई ‘पचास लाख परमाणु बम’ले ध्वस्त गर्न तयारी थालेको’, उत्तर कोरियाका युथ लिगका प्रमुखले चेतावनी दिएका छन् । किमइलसुङगिस्ट-किमजोङइलिस्ट युथ लिगको केन्द्रीय समितिले उक्त चेतावनी दिएको हो।

समितिले अमेरिका र छिमेकी दक्षिण कोरियाले कुनै पनि भड्काउ कार्य गरे ध्वस्त गर्ने प्रण गरेको छ। हाइ-अल्टिच्युड रकेट प्रणाली विकास गरी प्रायद्विपमा अमेरिका सहयोगीलाई दिने दक्षिण कोरियाले घोषणा गरेसंगै उत्तर कोरियाबाट यस्तो चेतावनी आएको हो। उत्तर कोरियाको सरकारी मिडिया केसिएनले ‘आफ्नो देश विरुद्ध परमाणु आक्रमण गर्ने जो कोहीलाई पचास लाख परमाणु बमले खरानी बनाउन युवाहरु युद्धको लागि तयार रहेको’ एक प्रवक्ताको भनाइ उदृत गर्दै बताएको छ।

मंगलबार उत्तर कोरियाले आफ्नो सबैभन्दा ठूलो लाइभ फायर आर्टिलरी ड्रिल गरेको थियो। रकेट र टोर्पिडो फायर गरि दुश्मन शक्तिलाई जिस्काउन गरिएको सो प्रदर्शनसंगै उत्तर कोरियाबाट यस्ता चेतानवी आएका हुन। यता अमेरिकाको युएसएस कार्ल भिन्सन एअरक्राफ्ट क्यारिअर कोरियली प्रायद्विप तर्फ दक्षिण कोरियासंग संयुक्त अभ्यासमा सहभागी हुने जाँदै छ। यसैबीच अमेरिकाले उत्तर कोरियालाई कडा प्रतिबन्ध लगाउने विषयमा कदम चाल्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *