अफगानिस्तानमा मारिएका आफन्तले गरे पत्रकार सम्मेलन

afaganistan nnepalअसोज १७ काठमाडौ,केहि महिना अगाडि, अफगानिस्तानको काबुलमा भएको आतंककारी हमलामा मृत्यु भएका नेपालीको आफन्त र घाइतेहरुले आफ्नो बारेमा कुनै चासो सरकारले नदेखाएको गुनासो एक पत्रकार सम्मेलनमा गरेका छन् ।

घटनामा निधन भएकाहरुलाई व्रिटिस कम्पनीले पनि ३० हजार डलर मात्रै दिएको र घाइतेहरुलाई तीन महिनामात्रै उपचार गरेको बताएका छन् । व्रिटिस कम्पनी सँग २०११ मा कामको सिलसिलामा निधन भएमा ३ लाख डलर प्रदान गर्ने सम्झौता गरेको थियो । ‘तर, अहिले ३० हजार डलर दिएर खाली पत्रमा कृत्रिम हस्ताक्षर गरी उचित क्षतिपूर्ति नदिने प्रपञ्च रचिरहेको पिडितहरुले बताएका छन् ।

पत्रकार सम्मेलनमा, अफगानिस्तानमा घटनामा घाइते बनेका मोहनबहादुर थापाले उचित क्षतिपूर्ति र थप ९० दिन उपचार गर्नुपर्ने माग गरे ।

मृतक विदुर सुवेदीकी श्रीमती गंगा सुवेदीले क्षतिपूर्ति रकम थप गर्नुपर्ने माग गरिन । उनले भनिन्, ‘सरकारले हामीलाई कुनै राम्रो व्यवहार नै गरेन, पीडामाथि झन् पीडा थप्ने काम गरेको छ, कहिले यहाँ जानुहोस् भन्छन्, त कहिले उहाँ जानु भन्छ तर, काम केही गर्दैनन्, हामी धाएकै पनि तीन महिना भइसक्यो ।’

कार्यक्रममा क्यानडा मामिलासम्बन्धी प्रमुख दिपकमोहन भट्टराईले मृतकका आफन्त र घाइतेलाई क्यानडा सरकारको तर्फबाट थप क्षतिपूर्ति दिलाउन आफू लागिपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *