“अन्तराष्ट्रिय मातृभाषा दिवस २०१८” विभिन्न झाँकी र कविता वाचन गर्दै सम्पन्न

काठमाडौ- नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा “अन्तराष्ट्रिय मातृभाषा दिवस २०१८” को उपलक्ष्यमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । डा. विष्णुविभु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम, प्रज्ञा भवन कमलादी बाट शुरु गरिएको र्याली घण्टा घर, बाग बजार, पुतली सडक हुदै प्रज्ञा भवनको डवलिमा पुगेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा विभिन्न जात जातिको झाकी प्रदर्शन गरिनुका साथै विभिन्न मातृभाषाका कविताहरु वाचन गरिएको थियो । जम्मा एक सय सात वटा कविताहरु मध्यबाट ४३ वटा छनौट भएका मातृभाषा कविताहरु कार्यक्रममा सर्जक आफैले वाचन गरेका थिए । छनौट भएका कविता र सर्जकलाई प्रज्ञा प्रतिष्ठानको तर्फबाट प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा, डा. नवल किशोर राई, प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती, प्राज्ञ श्रवन मुकारुङ्ग, प्रा.डा. जीवेन्द्र देव गिरि, प्राज्ञ अमर गिरि लगायत अन्यको उपस्थिति रहेको थियो ।

बाँकी भिडियोमा हेर्नुहोला



Leave a Reply

Your email address will not be published. Required fields are marked *