अनियमितताले गर्दा अपांग कोष धरासायी, भित्र रहेछ यस्तो कर्तुत

काठमाडौं २५ चैत्र, राष्ट्रिय अपाङ्ग कोषमा व्यापक अनियमितता तथा भ्रष्टाचार मौलाउँदै गएको बताइएको छ । भ्रमण भत्ता दुरुपयोग, खरिद प्रक्रिया पुरा नगरी खरिद गरिएको तथा आफुखुसी सभापति तथा सदस्य सचिवको मिलेमतोमा रकम दुरुपयोग गरेको, तथा सुनसरीबाट प्रकाशन हुने कोषका सभापतिको लगानी रहेको पत्रिकामा मनखुसी रुपमा विज्ञापन रकम निकासा गरेकोलगायत अनियमितताका कारण कोष धरासायी अवस्थामा पुगेको बताइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको सेवा तथा सुविधाको निम्ति देशको एक मात्र सरकारी स्वामित्वको संस्था राष्ट्रिय अपाङ्ग कोष सञ्चालक समितिको चरम अनियमितताको कारणले गर्दा खारेजीको अवस्थामा पुगेको छ । शक्ति केन्द्रसँग गरेको चाकडीको भरमा नियुक्त भएका सभापति गोपालबहादुर भण्डारी र सदस्य सचिव यमनाथ मैनालीको अयोग्यता एवं कोष प्रतिको गैरजिम्मेवारी पूर्ण अनियमितताले गर्दा कोष खोक्रोमा परिणत बन्दै गएको हो ।

खोक्रो कोषमा समस्यै समस्या
विगतमा अपांगता भएका व्यक्तिहरुका लागी शिक्षा, तालिम र कृत्रिम अंगहरु एवं व्हिलचियर जस्ता अत्यावश्यक सेवाहरु पु¥याएर एक प्रकारको प्रतिष्ठा स्थापित गरेको राष्ट्रिय अपांग कोष हाल आएर गलत नेतृत्वको कारणले खोक्रो बनेको छ । अक्षय कोष मार्फत कम आम्दानी हुनु, सहायक सामाग्रीहरुको उपलब्धताबाट आम्दानी नहुनु, खराब नेतृत्वको कारण सहयोगी दाताहरु भड्किदै जानु र नेतृत्वले अन्य आय श्रोतको खोजी गर्नु भन्दा पनि आफ्नो बिलासिताको लागी भएको रकम पनि दुरुपयोग गर्नुले कोष यो हालतमा पुगेको हो ।

कुनै बेला अपांगता सेवामा आशा र भरोसाको केन्द्रको रुपमा हेरिएको कोषको नेतृत्वले देखाएको यस्तो रवैयामा सम्बन्धित निकाय मौन रहनुले सेवाग्राहीहरुलाई झन दुखी बनाएको छ । कोषमा यही हालत रही रहने हो भने अबको केही महिना भित्रै कोषले कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउन समेत नसक्ने अवस्थामा पुगेको छ । यसै विषयलाई लिएर कोषको साख जोगाउन माग गर्दै केही अपांगता भएका व्यक्तिहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र लगायतको निकायहरुमा जाने तयारीमा लागेको समेत श्रोतले बताएको छ ।

कोष खारेजीको संघारमा
ह्याण्डिक्याप  ईन्टरनेशनलको समेत आंसिक सहयोग रहेको कोषमा सभापति भण्डारीले कुनै पद नभए पनि बिना विभागीय मन्त्री झैं धमाधम आफ्ना नातेदारहरु नियुक्त गर्न थाले । हाल ह्याण्डिक्यापले समेत हात झिक्ने अवस्थामा पुगेको छ भने शान्ती कोषको परियोजनाको लक्ष्य पनि पुरा गर्न नसकेर नेतृत्व असक्षम बनेको छ । तत्कालीन समयमा करिब एक दर्जन कर्मचारी रहेको कोषमा हाल तीन दर्जन छन् भने अधिकांश बेरोजगार छन् । जसको कारणले गर्दा कोषको लागी दक्षता हासिल गरेका कर्मचारीहरुले हैरानी खेप्नु परेको छ ।

कोषको नियमित काम कारवाहीको सन्दर्भमा खरिद बिक्री गर्नु पर्ने भएमा उनी कुनै प्रकृयामा लादैनन सिधै बार्गेनिङ् गर्छन् अनि आफुलाई फाईदा हुने भएपछि सिधै कार्यान्वयन गर्छन । दिनानु दिन आर्थिक रुपले धरासयी बन्दै गएको कोषको विषयमा सम्बन्धित निकायले बेलैमा ध्यान नदिने हो भने अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिन भन्दा पनि कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउन समेत कोषले धान्न नसक्ने अवस्था देखिएको छ । यी सवालहरुमा प्रतिकृया लिन पटक पटक कोषको कार्यालय भृकुटीमण्डपमा जाँदा सभापति भण्डारीसँग भेट हुन सकेन् ।

तिब्र खबर संगको सहकार्यमा सूचना खबर डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *